आज देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
१२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।्
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।
१ हजार ९१२ जना संक्रमित काठमाडौं उपत्यकाका रहेका छन् ।




