पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन स्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाण पत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले क्याम्पस शैक्षिक गुणस्तरको न्युनतम मापदण्ड पुरा गरि सञ्चालित हो भन्ने कुराको पुष्टि गरेको क्याम्पस प्रमुख धर्मराज बरालले बताए ।
प्रमाणपत्रका लागि क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले गुणस्तरका लागि तोकेका ८ मापदण्ड र त्यस अन्तरगतका १२० वटा सुचांकहरुको आधारमा स्व–अध्ययन प्रतिवेदन तयार गरि आयोग समक्ष पेश गरेको थियो । आवश्यक सवै प्रक्रियाहरु पुरा भैसकेपछि यहि पौष १६ गते आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाण पत्र प्रदान गरेको क्याम्पस प्रमुख बरालले जनाए ।

![]()
![]()
क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा टंकराज अधिकारीले निकै लामो कसरत प्रश्चात सो उपलब्धि प्राप्त गर्न सफल भएको भन्दै खुसि व्यक्त गरे । पोखरा महानगरपालिका वडा नं.१७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले आफ्नो वडामा रहेको शैक्षिक संस्थाले प्राप्त गरेको सफलताले यसक्षेत्रको शैक्षिक गतिविधिमा थप हौषला प्रदान गर्ने बताए ।
२०६५ सालमा त्रिभुव
न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको उक्त क्याम्पसमा हाल वी.एड, वी.वी.एस, एम.वी.एस, वी.एच.एम र वी.आइ.एम कार्यक्रम संचालनमा रहेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको वाषर््िाक नतिजा उत्कृष्ट रहेको क्याम्पसले जनाएको छ । स्थापना कालमा ३६ जना विद्यार्थीबाट अध्ययन अध्ययापन सुरु गरिएको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा हाल ६ सय जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।


क्याम्पसबाट हालसम्म २५० जना विद्यार्थीहरु दिक्षीत भइसकेका छन् । क्याम्पसले विद्यार्थीहरुको बढ्दो चापलाई मध्यनजर गरि थप अतिरिक्त क्रियाकलाप संचालन गर्न, सवारी साधान पार्किङ् लगायत भौतिक संरचनाहरु निर्माणका लागि जग्गा खरिदको प्रक्रिया अगाडी बढाएको छ । साथै भविष्यमा प्राविधिक एंव व्यवसायीक शिक्षालाई प्राथामिकतामा राखी आफ्ना स्वायत्त कार्यक्रमहरु अगाडी बढाउने र क्याम्पसको शिक्षालाई अनुसन्धानात्मक बनाउदै थप गुणस्तरीय बनाउने लक्ष्य लिएको छ ।
क्यम्पसले प्राप्त गरेको उपलब्धिको खुसियालीमा पोखरामा प्रभातफेरी कार्यक्रम समेत गरिएको छ ।



