कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुभारम्भ भएकै दिन नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपको ३ लाख ४८ हजार डोज ग्रहण गरेका छन् ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान काठमाडौं आइपुगेको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत प्राप्त गर्नेछ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोभ्याक्स मार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार