निकै लामो समयदेखी सार्वजनिक कार्यक्रममा नदेखिएका नेत्रविक्रम चन्द्र विप्लव समुहका महासचिव विप्लव आज सार्वजनिक हुने भएका छन् । सरकारसँग तीन बुँदे सहमति गरेसँगै शान्तिपूर्ण राजनीतिमा आउउने संकेत दिएका उनि आज सार्वजनिक हुन लागेका हुन् ।
राष्ट्रिय सभागृहमा आज दिउँसो दुई बजे विप्लव प्रधानमन्त्री केपी ओलीसंग एक साथ मञ्चमा देखिनेछन् । सरकारका तर्फबाट विशेष भनिएको सो समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले समेत सम्बोधन गर्नछन् ।

सो क्रममा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षर पनि हुनेछ । सरकार र विप्लव समूहबीच विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध हटाउने, बन्दीलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने लगायतका विषयमा सहमति भएको छ । तर सो समूहसँग भएका हतियारको व्यवस्थापनको विषय भने केही उल्लेख गरिएको छैन् ।
संसदवादी दलहरुबाट जनक्रान्ति सफल नहुने भन्दै विप्लवले तत्कालिन नेकपा माओवादीबाट खलग भई छुट्टै पार्टी गठन गरी आफ्ना गतिविधि सुरु गरेका थिए । हत्या, हिंसालाई अंगालेको भन्दै सरकारले २०७५ फागुन २८ गते सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार