नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव खेमाको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सो खेमाको सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बैठक साविक माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने जनाईएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ ।
सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरिदिएपछि प्रचण्ड–माधव खेमाका नेताहरुले थप अगाडीको प्रक्रियाका लागि दौडधूप गरिरहेका छन् ।
आगामी सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरुलाई समेत उनिहरुले भेटेर छलफल गरिसकेका छन् ।
२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा आज रणनीति तय गर्ने बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।




