गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण २०५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिरेहको कोरोना भाइरस संक्रमणसंग सम्बन्धित मृत्युको संख्या गण्डकीमा २०५ पुगेको हो ।
कोरोनाका कारण कास्कीमा सवैभन्दा धेरै ११४ जनाले ज्यान गुमाएका छन् भने तनहुँमा २४ जना, नवलपुरमा २२ जना, स्याङ्जामा १७ जना र गोरखामा ९ जनाको मृत्यु भएको छ । यस्तै बाग्लुङ्मा ८ जना, लमजुङमा ५ जना, पर्वत र म्याग्दीमा ३÷३ जनाले ज्यान गुमाएका छन् ।
यसरी कोरोनाका कारण प्रदेशको मनाङ र मुस्ताङ बाहेकका जिल्लामा मानिसहरुको ज्यान गएको छ । हालसम्म कुल संक्रमितको संख्या १६ हजार ४१ पुगेको छ । १५ हजार ६०६ जना निको भएका छन् भने २३० जनाको उपचार भैरहेको छ । विवरण अनुसार २०३ जना होम आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार