प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउदैछन् । आफ’ले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको कार्यक्रममा सहभागी हुन उनि पोखरा आउन लागेका हुन् ।
गत पौष ५ मा अप्रत्यासित रुपमा प्रतिनिधि सभाको विघटन गरि देशव्यापी कार्यकर्ता प्रशिक्षणका नाममा व्यस्त रहेका ओली सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिदिएपछि पनि आफ्ना कार्यकर्ताहरुलाई आश्वस्त पार्दै विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागी हुदै आएका छन् ।

पोखरा सभागृहमा हुने सो कार्यक्रममा सहभागी हुने र पोखरा रंगशालाको समेत अवलोकन गर्ने गरि उनको कार्यतालिका तय गरिएको उनि निकटका नेताहरुले बताएका छन् । पोखरा रंगशालामा भैरहेको भौतिक निर्माणको प्रगतिका बारेमा उनले चासो राख्ने बताईएको छ ।
पछिल्लो पटक संसद विघटनको असंवैधानिक कदम चालेका ओली पार्टीमा निकै आलोचित बनेका छन् भने पार्टी अनौपचारिक रुपमा विभाजन भैसकेको छ । प्रचण्ड माधव नेतृत्वमा पार्टीको बहुमत खेमाका सदस्यहरुले ओलिसंग एकताको सम्भावना नरहेको बताउदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार