विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ८ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरसको संक्रमणका कारण १७ लाख ८ हजार ८३७ बढिको मृत्यु भैसकेको छ । ७ करोड ७७ लाख १३ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
हालसम्म ५ करोड ४५ लाख ८८ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, २ करोड १४ लाख १५ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये १ लाख ६ हजार २ सय बढिको अवस्था गम्भिर रहेको छ । २ करोड ५७१३ लाख बढिको अवस्था भने सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २२० देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार