माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
आगामी एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
http://googlepokhara-com.stackstaging.com/tiger-day-2020-7-29/
कोरोना भाइरसका कारण यसवर्षको एसईई स्थगित भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।
विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको सदस्य सचिव अर्यालले बताए ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1435/
यस वर्षको परीक्षामा देशभरीका ४ लाख ८२ हजार २१९ विद्यार्थीहरुले एसईईको तयारी गरेका थिए ।



