नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ । पछिल्लो पटक वीरगञ्जमा एक ६५ वर्षीय वृद्ध र धनुषाका एक युवकको मृत्यु भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट कोरोना पोजेटिभ आएको मेसु डा.मदन उपाध्यायले जानकारी दिए । मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो ।

http://googlepokhara-com.stackstaging.com/covid-discharge-4/
गण्डक अस्पतालका कोओर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार उपचारका क्रममा उनको आइतबार बिहान ६ः१० मा मृत्यु भएको हो ।
उता धनुषाको प्रादेशिक अस्पतालबाट रेफर गरि धरान लैजादै गर्दा मृत्यु भएका शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ बर्षीय युवकको पनि कोरोना कै कारण मृत्यु भएको छ ।
प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाका अनुसार आज साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

http://googlepokhara-com.stackstaging.com/gangaki-covid/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार