पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत २ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/gangaki-covid/
अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका वडा नं. १७ का ३२ वर्षीय एक पुरुष र पोखरा महानगरपालिका वडा नं. २६ का २८ वर्षीय अर्का एक पुरुष आज डिस्चार्ज भएका हुन् ।

http://googlepokhara-com.stackstaging.com/covid-nepal-2/
हाल गण्डकीमा कोरोना संक्रमितको संख्या १३७५ पुगेको छ । यि मध्ये ४ जनाको मृत्यु भएको छ भने, १११४ जना निको भएर घर फर्किएका छन् ।



