लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।
http://googlepokhara-com.stackstaging.com/lock-dwn-end/
यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।
भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ । मन्त्री खतिवडाका अनुसार निजी सवारीको जोर विजोर भने हटेको छ ।
http://googlepokhara-com.stackstaging.com/teachers-strike/
सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो । यातायात व्यवसायीहरुले सरकारको निर्णयको स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार