गण्डकी प्रदेशमा आज ९ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ३ जिल्लामा ९ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या १३२९ पुगेको छ ।
http://googlepokhara-com.stackstaging.com/bp-news/
निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा म्याग्दीका ३ जना, बाग्लुङका ३ जना र स्याङ्जाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/school-news-2/
उनिहरु सवैजना पुरुष रहेका छन् । अहिलेसम्म गण्डकीका १०२० जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् भने दुई जिल्ला मनाङ र मुस्ताङ कोरोना मुक्त भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/weather-news-today/




