नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/corona-discharge/
देशभरका २७ प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/covid-gandaki-1320/
यता गण्डकीमा कोरोना संक्रमितको संख्या १३२० पुगेको छ ।




