स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए अनुसार पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1302/
देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ७४१ जनाको पीसीआर परिक्षण गरिएकोमा १५६ जनामा कोरोना पुष्टि भएको हो ।
आज कोरोना संक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/national-id-card-kaski/
यता आज २४ जना थपिए संगै गण्डकीमा कोरोना संmत्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ ।




