त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने योजना बनाएको छ ।
विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने विधि तय गरेको छ ।
http://googlepokhara-com.stackstaging.com/lions-hospital-news/
त्रिविका अनुसार दशैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारिएको छ । विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्र मै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ ।
सेमेस्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीको केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै पुगेर परीक्षा लिनेगरी सञ्चालन गरिने छ ।
http://googlepokhara-com.stackstaging.com/nepali-uddhar/
यसका साथै वार्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीको परीक्षा अनलाइनमा गर्न समस्या देखिएकाले विद्यार्थी परीक्षा हल मै उपस्थित हुनुपर्ने अवस्था रहेको त्रिविको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार