गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिका वडा नं. ३० लेखनाथको मोहोरिया स्थित लायन्स सामुदायिक अस्पतालको स्वामित्व ग्रहण गरेको छ ।
उक्त अस्पताललाई सरकारले प्रदेशको पहिलो संक्रामक तथा सरुवा रोग अस्पतालका रुपमा सञ्चालन गर्ने बताएको छ ।
http://googlepokhara-com.stackstaging.com/oli-vs-prachanda-2/
नेपाल सरकारबाट १५ बेडको स्विकृति पाएको अस्पतालसँग ५० बेड क्षमता रहेको छ । अस्पताललाई प्रदेश सरकारले यसअघि कोरोना डेडिकेटेड अस्पताल बनाउने योजना बनाएको थियो ।
आज एक कार्यक्रमका बिच अस्पतालको स्वामित्व ग्रहण गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पताललाई सुविधा सम्पन्न बनाई सरकारले व्यवस्थित रुपमा संचालन गर्ने बताए । अस्पताललाई जनशक्ति, पुर्वाधार विकास र प्राविधिक रुपमा सक्षम बनाउने उनले बताए ।
http://googlepokhara-com.stackstaging.com/nepali-uddhar/
अस्पतालमा हाल ४२ जना चिकित्सक र कर्मचारी कार्यरत छन् ।
अस्पताल १ सय रोपनी क्षेत्रफलमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार