केहि देशहरुले निर्णायक कदम नचालेमा कोरोना संक्रमणको महामारीको स्थिति झन् बिग्रिने चेतावनी विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले दिएको छ ।
डब्ल्यूएचओ प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयसले धेरै देशहरु गलत दिशामा अघि बढेको भन्दै उक्त चेतावनी दिएका हुन् ।
http://googlepokhara-com.stackstaging.com/covid-19-3/
जुन देशमा कोरोनाका संक्रमण रोक्ने प्रावधान ठीक ढंगले लागु गरिएको छैन, त्यहाँ खतरनाक ढंगले संक्रमण बढीरहेको उनले बताए । उनिले भनेका छन्, अझ स्पष्ट रुपमा भन्नुपर्दा कतिपय देश गलत दिशामा हिँडिरहेका छन् ।

कोरोना भाइरसलाई ‘मानिसको नम्बर एक शत्रु’ बताउँदै उनले, तर कतिपय देशका सरकार र त्यहाँका नागरिकहरुले सावधानी नअपनाएको बताए ।
उनले भने, ‘यदि आधारभूत कुरामा पनि ध्यान दिइएन भने महामारी लगातार बढ्ने छ र स्थिति झन् पछि झन् खराब हुँदै जाने छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार