गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १९२ पुगेको छ । आजमात्र प्रदेशका विभिन्न जिल्लामा १५ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
संक्रमित मध्ये १ हजार ४३ जना पुरुष रहेका छन् भने, १४९ जना महिला रहेका छन् । प्रदेशको कान्छो जिल्ला नवलपुरमा सवैभन्दा धेरै २६४ जना संक्रमितहरु फेला परेका छन् ।
http://googlepokhara-com.stackstaging.com/clean-feed/
यस्तै बाग्लुङमा २१७, स्याङ्जामा १८९, तनहुँमा १३९, गोरखामा ९८, पर्वत ९३, कास्कीमा ८२, लमजुङमा ६४, म्याग्दीमा २४, मनाङ र मुस्ताङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यि मध्ये ७५७ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीमा अनुसार ४३१ जनाको प्रदेशका जिल्लाहरुमा रहेका विभिन्न आइसोलेसनहरुमा उपचार भैरहेको छ




