गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक कास्कीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा पोखरा महानगरपालिकाका १० जना र मादि गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा अहिलेसम्म कोरोना निको भएर ३५३ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार