गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरमा कोरोना संक्रमितको संख्या २५७ पुगेको छ । प्रदेशका ११ जिल्ला मध्ये नवलपुरमा सवैभन्दा धेरै संक्रमितहरु फेला परेका हुन् ।
संक्रमणका हिषावले दोस्रो नम्बरमा बाग्लुङ जिल्ला रहेको छ । बाग्लुङमा अहिले सम्म २०८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि स्याङ्जामा १८५ जनामा संक्रमण देखिएको छ ।
मनाङ र मस्ताङ्मा १–१ जना निको भएर घर फर्किएका छन् । बाकि जिल्लाहरुमा पनि कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ ।
प्रदेशमा अहिले सम्म १११३ जना संक्रमित मध्ये ३१६ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । बाकि ७९७ जनाको विभिन्न जिल्ला स्थित आईसोलेसनमा उपचार भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार