जापानमा आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या ४४ पुगेको छ । देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी कार्यालयले देशमा ठूलो बर्षाको पूर्वानुमान गरेको थियो ।
बाढी प्रभावित क्षेत्रमा एक लाख १७ हजार घर परिवारका दुई लाख ५४ हजार वासिन्दा बस्ने गरेको अधिकारीहरुले जनाएका छन् । बाढी र डुवानका कारण अरु १० जना अझै पनि हराइरहेको जनाइएको छ । बाढीबाट प्रभावित भएकामध्ये एक हजार पाँच सयलाई अस्थायी शरणार्थी शिविरहरुमा राखिएको छ । उनीहरुका लागि ८६ शिविरहरु बनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार