गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संगै कुल संक्रमितको संख्या १ हजार ८८ पुगेको हो ।
निर्देशनालयका अनुसार गोरखाका ५ जना र कास्कीका ४ जनामा कोरोना पुष्टि भएको हो । गोरखाको सहिद लखनथापामा १ जना र पालुङ्टारमा ४ जना तथा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ ।
यसैबिच आजै गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय एक पुरुषको कोरोना भाइरसका काण मृत्यु भएको छ । उनको शव दरौदी र लुडि खोलाको दोभानमा व्यवस्थापन गरिने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार