चिनमा रहेका नेपाली लिन हिमालय एयरलाइन्स शनिबार त्यसतर्फ जाने भएको छ । कोभिड १९ का कारण चीनको तियानजिनमा रहेका नेपाली ल्याउन हिमालय एयरलाइन्स त्यसतर्फ उड्ने भएको हो ।
हिमालयको एच ९–७६०१ को उडान शनिबार राति ११ः५० मा चिन उड्ने छ भने आइतबार ८:५० मा काठमाडौं आईपुग्ने एयरलाइन्सले जनाएको छ ।
चार्टर उडान गर्न लागेको हिमालय एयरलाइन्सले तियानजिन–काठमाडौंको भाडा दर ६ सय ९९ डलर तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार