नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ४८३ परिक्षणमा ७४० कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो । ६ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन् भने परिक्षणको दायारा समेत बढाईएको छ ।
कोरोनाका कारण नेपालमा अहिले सम्म ३२ जनाको मृत्यु भएको छ ।




