गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य वित्रान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक कास्कीको पोखरा महानगरपालिकाका १ र लमजुङ्का १६ जनामा कोरोना पुष्टि भएको हो ।
लमजुङ्को बेशिशहर नगरपालिकामा ३ जना, दोर्दी गाँउपालिकामा २, मध्यनेपाल नगरपालिकामा ४ जना, दुधपोखरी गाउँपालिकामा १ जना, सुन्दरबजार नगरपालिकामा ४ जना, मस्र्याङदी गाउँपालिकामा १ जना र राईनास नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ३१ पुगेको छ ।





