बारामा चट्याङ लागेर चार जना महिलाको ज्यान गएको छ । दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङका कारण ४ महिलाको मृत्यु र ५ जना घाइते भएका छन् ।
आज बिहान परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ४५ वर्षकी हलिमा खातुन र ३५ वर्षकी आशादेवी महतो मृत्यु भएको हो ।
उनिहरुलाई उपचारका लागि लैजादै गर्दा बाटो मै मृत्यु भएको हो । यस्तै फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताृको पनि मृत्यु भएको छ ।
चट्याङले सोही ठाउँ बस्ने अन्य ५ जना पनि घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार