नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ ।
आज मात्रै ४८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
अहिलेसम्म ४ हजार ६ सय ५६ जना निको भएर घर फर्किएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार ९ हजार बढिको आईसोलेसनमा उपचार भैरहेको छ । ४८ हजार बढि क्वारेन्टिनमा रहेका छन् ।
कोरोना कारण आज सम्म ३० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार