गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ । आज मात्रै २८ जना नयाँ संक्रमितहरु थपिएसंगै कुल संक्रमितको संख्या ९९४ पुगेको हो ।
भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा नवलपुरका १२ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा गोरखाका ३ जना, पोखरा स्वास्थ्य वित्रान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखराका १ जना, स्याङ्जाका ८ जना र प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा बाग्लुङका ३ जना र तनहुँका १ जना गरि गण्डकीका २८ जनामा संक्रमण पुष्टि भएको हो ।
३ जिल्लाका ७ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।





