गुल्मीमा थप ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीदरवार गाउँपालिकाका २१ जना, रुरुक्षेत्र गाउँपालिकाका ८ जना र छत्रकोट गाउँपालिकाका ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मिले जनाएको छ । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।
नयाँ ३७ जना संक्रमित थपिएसँगै गुल्मीमा कोरोना संक्रमितहरुको संख्या ३२४ पुगेको छ । ४२ जना कोरोना मुक्त भएर घर फर्केका छन् । कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार