गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ८ सहित प्रदेशका विभिन्न जिल्लाका १७ जनामा कोरोना पुष्टि भएको हो ।
पोखरा महानगरपालिकाका ७ जना, मादि गाउँपालिकाका १ जना, लमजुङको बेसिशहर, र्मस्याङदी र मध्यनेपालका १-१ जना, स्याङजाको पुतलिबजार नगरपालिकाका १ जना र तनहुँको व्यास नगरपालिकाको ५ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कुल संक्रमितको संख्या ९६६ पुगेको छ ।




