नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै ४ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् ।
कुल संक्रमित मध्ये २८ जनाको मृत्यु भएको छ भने ३ हजार १३ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९६२ नमुना मात्र परीक्षण भएको छ ।




