कोरोना संक्रमित तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालक निको भएका छन् ।
यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत उनको पिसिआर रिपोर्ट नेगेटिभ आएसंगै उनले कोरोना जितेका हुन् ।
उनकी २५ वर्षीय आमा पनि कोरोना सङ्क्रमण मुक्त भएर डिस्चार्ज भएकी छिन् ।




