नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना पुष्टि भएको हो ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । संक्रमित मध्ये २ हजार ८ सय ३४ जना निको भएर घर फर्किएका छन् भने ९ हजार ४ सय ४७ जनाको आइसोलेसनमा उपचार भैरहेको छ ।
मन्त्रालयका अनुसार कोरोनाका कारण नेपालमा २८ जनाको ज्यान गैसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार