मनिलाल प्रतिष्ठान कास्की र म्यारी गोल्ड चेन युके इङ्ल्याण्डको संयुक्त सहयोगमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ र ९ मा स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ । स्वास्थ्य सामाग्रीहरु हरुतान्तरण गर्दै मनिलाल प्रतिष्ठानका अध्यक्ष रामहरि गुरुङले प्रतिष्ठानले प्राथामिकताका आधारमा आवाश्यकता अनुसार सहयोग गर्ने आश्वासन दिनुभयो ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्ण प्रसाद दवाडीले स्वास्थ्य सामाग्रीहरु ग्रहण गर्दै कोरोना भाइरसको नियन्त्रण र रोकथाममा विषेश सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा ल्वाङघलेल स्वास्थ्यचौकीका प्रमुख आनन्द बराल, भेडावारी अस्थाई प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक गुनाखर भण्डारी, माछापुच्छ्रे गाउँपालिका ९ का कार्यालय सचिव दुर्गा प्रसाद दाहाल लगायतको उपस्थिती रहेको थियो ।

यस्तै कार्यक्रममा माछापुच्छ्रे ८ वडा कार्यालयका जग्गादाता झुलु गुरुङ, प्रतिष्ठानका शुभचिन्तक दिपक गुरुङ, तारे बराह आधारभुत विद्यालयका प्रध्यानाध्यापक दुर्गा बहादुर गुरुङ, सहायक प्रअ लक्ष्मि गुरुङ, प्रतिष्ठानका कोषाध्यक्ष शान्ति गुरुङ, सदस्य अमृता गुरुङ, समाजसेवि शशिधर दाहाल र स्थानिय निश्चल झरना युवा क्लवका सहसचिव भक्त बहादुर बिसि लगायतको उपस्थिती रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष रामहरि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष कुलप्रसाद अधिकारी र संचालन सचिव पुर्ण बहादुर गुरुङले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार