लद्दाखको गलवान भ्यालीमा दुई छिमेकी मुलुक चीन र भारतबीच भएको झडपबारे नेपालले औपचारिक प्रतिक्रिया दिएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीन र भारतले वार्ता मार्फत विवाद समाधान गर्ने विश्वास व्यक्त गरेको छ । नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनु पर्ने पक्षमा रहेको मन्त्रालयले बताएको छ । गलवान भ्यालीमा दुईदेशका सैनिकबीच हिंसात्मक झडप हुदाँ २० भारतीय सैनिकको मृत्यु भएको थियो ।




