नेपालमा कोरोना संक्रमितको ६ हजार ६ सय ५ पुगेको छ । आज मात्र ३ सय ३१ जनाको कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो पटक सरकारले कोरोना परिक्षणको दर बढाएको छ । शनिबारमात्र ७ हजार ४ सय १६ नमुना परीक्षण गरिएको छ । संक्रमित मध्ये २२ जनाको मृत्यु भएको छ भने १ हजार ५सय ७८ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका २४ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाबहरुको परीक्षण भइरहेकको छ । र, पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण भएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो । अहिलेसम्म जम्मा १ लाख ६९ हजार १६५ पीसीआर टेष्ट भएको छ । हाल देशभरका क्वारेन्टिनमा १ लाख २ हजार २४५ जना छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार