गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ । आज मात्रै गण्डकीका विभिन्न सात जिल्लाका ५८ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
शनिबार तनहुँमा २५ जना, नवलपुरमा १६ जना, गोरखामा ५ जना, म्याग्दीमा १ जना, कास्कीमा २ जना, स्याङ्जामा १ जना र बाग्लुङ्मा ८ जनामा कोरोना पुष्टि भएको हो ।





