नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । आज मात्रै थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १ हजार ४ सय २ जना कोरोना संक्रमण निको भई घर फर्किएका छन् ।




