पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ५ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पोखरा महानरपालिका शिशुवाका प्रदिप पौडेल, रुपाँ गाउपालिका वडा नं. ५ देउरालीका वर्षात विक, रुपा गाउँपालिका वडा नं. ७ माझ गाउँका अर्जुन विक, स्याङ्जा वालिङ्का पदम बहादुर विक र मल्लाज पर्वतका शंकर घले निको भएर घर फर्किएका हुन् ।

उनिहरुलाई स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोद विन्दु शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्देशक डा.अर्जुन आचार्य, कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक लगायतको टोलीले थप स्वास्थ्य लाभको कामना सहित विदाइ गरेको हो ।

संक्रमितहरुले कोरोनालाई जित्नका लागि आत्मबल बढाउन र आफु थप सचेत रहन सुझाएका छन् । कोरोना लाग्यो भने चिन्ता नलिन आग्रह गर्दै उनिहरुले आफ्नो स्वास्थ्य प्रति जिम्मेवार बन्न आग्रह गरेका छन् ।

उनिहरु सवै जना भारतका विभिन्न स्थानहरुबाट आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार