गण्डकी प्रदेशमा आज मात्रै २४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज मात्रै नवलपुरमा २ जना, बाग्लुङ्मा १४ जना, कास्कीमा ६ जना र स्याङ्जामा २ जनामा कोरोना भाइरस पुष्टि भएको हो । आज मात्रै पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा समेत कोरोना भाइरस पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको कुल संख्या ३५३ पुगेको छ ।




