पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएका छन् ।
राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शिशिर देवकोटाले जानकारी दिनुभयो ।

अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् ।




