अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्जेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ । अब यो मद्दा अर्को महिना माथिल्लो सदनमा जानेछ । त्यहाँ महाभियोगको पक्षमा दुई तिहाइ बहुमत मत प¥यो भने ट्रम्प राष्ट्रपति पदबाट हट्नेछन् । तर माथिल्लो सदनमा ट्रम्पको पार्टी रिपब्लिकन कै बहुमत छ । यस्तोमा राष्ट्रपति पदबाट ट्रम्प हटाइने सम्भवना न्यून छ । डोनाल्ड ट्रम्प महाभियोग सामना गर्ने अमेरिको तेस्रो राष्ट्रपति हुन् । अब महाभियोगको बाँकी काम सिनेटमा हुनेछ ।




