भारतको उत्तर प्रदेशको माउ जिल्लाको एक घरमा ग्यास सिलिन्डर पड्किँदा १० जनाको मृत्यु भएको छ । सोमबार बिहान उक्त घरमा ग्यास सिलिन्डर पड्किँदा दुई तले घर समेत भत्केको छ । त्यस घरमा अरु मान्छे पनि पुरिएको हुन सक्ने भन्दै उनीहरूको उद्धार कार्य जारी रहेको बिबिसीले जनाएको छ । घटनाको अनुसन्धान गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निर्देशन दिएका छन् । mउनले पीडितलाई राहत उपलब्ध गराउन मातहतका निकायलाई समेत निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार