जापानका नागरिक ६० वर्ष यताकै शक्तिशाली आँधी हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले बचाउ तथा सफाई अभियान सञ्चालन भइरहेका छन् । हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्रोडकाष्टिङ संस्था एनएचकेले जनाएको छ । त्यस्तै १७ जना हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते भएका छन् । देशको मौसम विज्ञान शाखाका अनुसार धेरै ठाँउमा वार्षिक वर्षाको ४० प्रतिशत एक वा दुई दिनमै परेको थियो । जापानको भूमि तथा यातायात मन्त्रालयले २१ जलमार्गका तटबन्ध भत्किएको जानकारी दिएको छ । कैयन स्थानमा सडकहरु पूर्ण रुपमा हिलो माटोले पुरिएका छन् । ती क्षेत्रका घरहरु दुईदेखि तीन मिटरसम्म पानीमा डुबेको पाइएको छ  जापानमा आँधी प्रभावितहरुको लागि राहत कार्यक्रम युद्ध स्तरमा सञ्चालन गरिएको छ । प्रभावित क्षेत्रमा सोमबार थप वर्षाको पूर्वानुमान गरिएको छ । अधिकारीले नदीनाला छेउका बासिन्दालाई सतर्क रहन सावधान गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार