काठमाण्डौ, ०३ फाल्गुन ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको कार्ययोजना उपसमितिले समितिको कार्ययोजना प्रतिवेदन बुझाएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा उपसमिति संयोजक रमेशजंग रायमाझीले प्रतिवेदन बुझाउनुभएको थियो । उपसमितिको प्रतिवेदनमा दिगो बिकास एवं सुशासन सम्बन्धी अन्तराष्ट्रिय संसदीय अभ्यासबारे जानकारी लिई समितिलाई प्रभावकारी बनाउन आवश्यक पह गर्नुपर्ने उल्लेख छ । त्यस्तै दिगो बिकास लक्ष्मय सम्बन्धी स्रोत केन्द्र स्थानपना गर्न तत्काल आवश्यक स्रोत उपलव्ध गराउन पनि सुझाव दिएको छ ।


मुलुकको बिकासका लागी बिभिन्न क्षेत्र संग छलफल गर्दे निर्देशन दिनका लागी समयावधी पनि तोकेको छ । बैठकमा सांसद कालि बहादुर मल्लले ठूलो ठूलो आयोजनालाई समयमा नै परियोजना सम्पन्न गर्नका लागी नीति निर्माण अध्ययन गर्दे आवश्यक निर्देशन दिनुपर्ने बताउनुभयो ।
त्यस्तै सांसद दिनानाथ शर्माले मुलुक संघियतामा गईसकेको अवस्थामा प्रदेशर स्थानीय तहमा बन्ने योजनाका बारेमा योजना आयोगसंग छलफल गर्नुपर्ने धारणा राख्नुभयो । उपसमितिले बुझाएको प्रतिवेदनमाथि आगामी बैठकमा छलफल हुने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार