काठमाण्डौ, ०२ फाल्गुन ।
प्रधानमन्त्री केपी शर्मा ओेलीले मलुकमा लगानीको प्रशस्त्र अवसर बनेको बताउनुभएको छ ।
बिहिबार काठमाडौमा ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ उद्धघाटन गर्दे प्रधानमन्त्री ओलीले राजनीतिक स्थायीत्वपछि बनेको सरकारले मुलुकमा लगानीको वातावरण निर्माण गरेको बताउनुभएको हो ।

उहाले मुलुकको बिकासको पूर्वाधार निर्माण गर्ने क्रम पनि सुरु भएको जानकारी दिनुभयो । कृषि, पर्यटन, उद्योग, व्यापार, उर्जा लगाएको क्षेत्रमा सरकारले बिशेष ध्यान दिएको उहाको भनाई छ । त्यस्तै अन्तराष्ट्रिय सम्बन्धकलाई मजवुद बनाउदै बाह्य लगानी भित्राउन सरकार लागिपरेको र सरकार पञ्चशिलको सिद्धान्त अनुसार अघि बढेको उहाले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकको व्यापार बिस्तार बिस्तारका लागी सरकारले जस्तोसुकै कदम पनि चाल्ने सक्ने भन्दै लगानी मैत्री नीति बनाउने पनि बताउनुभयो । उहाले समृद्ध नेपालका नेपाली अव गरिवीको रेखामुनी बस्न नसक्ने जिकिर गर्नुभयो ।
उहाले नेपालमा रहेका प्राकृतिक सम्पदा र खानीहरुको उत्खनन गर्न पनि सरकार अघि बढ्ने जानकारी दिनुभयो ।




