नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितता आरोपमा पक्राउ गरेको हो ।
अख्तियारले नलिन्चोक हेलिप्याड निर्माण सम्बन्धी प्रकरणमा अधिकारी सहितलाई पक्राउ गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्राधिकरणले भक्तपुरको नलिन्चोकमा आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ ।
नलिन्चोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पनि प्रश्न उठ्दै आएको छ । प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको समेत उजुरीमा उल्लेख थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार