स्थित पीपलडाली खाल्से सडक स्तरोन्नति योजनाको शिलान्यास गरिएको छ । योजनाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो ।
सडक स्तरोन्नति योजनाको शिलान्यास गर्दै नगर प्रमुख आचार्यले स्रोत अभावका कारण निकै लामो समयसम्म अलपत्र परेको उक्त सडकलाई महानगरपालिकाले यस वर्ष प्राथमिकतामा राखेर स्तरोन्नति थालेको बताउनुभयो । २०८३ भाद्र ७ गतेसम्म सडक निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएकाले गुणस्तरीय निर्माण उहाँले निर्माण कम्पनीलाई सचेत गराउनुभयो ।
“ग्रामीण क्षेत्रलाई बजारसम्म जोड्न र स्थानीय उत्पादनको बजारीकरणका लागि पहुँच मार्ग जरुरी हुन्छ, विकासको पहिलो सर्त सहज पहुँचका लागि स्तरीय सडक नै हो, उहाँले भन्नुभयो, यो सडक निर्माण भइसकेपछि यस क्षेत्रलाई पोखराको मुख्य बजारसम्म जोड्न र स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य उत्पादनहरूको बजारीकरणका लागि महत्त्वपूर्ण सहयोग पुग्नेछ।” सडक निर्माण कार्यमा उपभोक्ताका रूपमा आवश्यक सहजीकरण गरिदिन जनप्रतिनिधि र स्थानीयहरूलाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले आफूहरू जनताको सेवकका रूपमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै पीपलडाली खाल्से सडक निर्माण कार्य विभिन्न निकायहरूको आश्वासनका कारण विलम्ब भएको बताउनुभयो । अन्ततः नगर प्रमुख आचार्यको सक्रियता र आफूहरू समेतको जोड बलका कारण सडक निर्माणका लागि आवश्यक स्रोतको व्यवस्थापन सम्भव भएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी स्थानीय उपभोक्ताहरूले लामो समयसम्म अलपत्र परेको सडक निर्माण हुनेभएपछि खुसी व्यक्त गरेका छन् । उनीहरूले सडक निर्माण तोकिएको समयमा नै सम्पन्न गर्ने कार्यमा आफूहरू साथ रहने बताएका छन् ।

सडक निर्माणको ठेक्का भान्जा/बि एन्ड बि जेबीले पाएको छ । जेबीले ३ करोड ७८ लाख ४ सय ८६ रुपैयाँ ७९ पैसामा सडक निर्माणको काम सम्पन्न गर्नेछ । करिब ३.५ किलोमिटर सडक नाला सहित ८ मिटर चौडाइ र २ सेमी ब्ल्याक टप पिच हुनेछ ।







