पोखरामा सामान्य विवादमा एक जनाको हत्या भएको छ । पोखरा महानगरपालिका–५ प्रस्र्याङका ४५ वर्षीय अनिल पराजुलीको बिहान ४ः३० बजे हत्या भएको कास्की प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा प्रहरीले सोही ठाउँका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सामान्य विवादमा तिमिल्सिनाले पराजुलीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

प्रारम्भिक सोधपुछमा सामान्य विवादमा आक्रमण गरी हत्या गरिएको देखिएको छ, प्रहरीले भनेको छ, आक्रमणकारीलाई नियन्त्रणमा लिएका छौँ, घटनाको थप अनुसन्धान र सोधपुछ भइरहेको छ ।’

पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार